Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले गरे १ वर्षअघि सञ्चालनमा आएको कोमल वलीको होटेल उद्घाटन

मंगलबार, फागुन ६, २०८१

दाङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एमाले नेता तथा गायक कोमलवलीको होटेल उद्घाटन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-६, टरीगाउँमा ओलीले सञ्चालन गरेको कोमल होटल एन्ड रिसोर्टको ओलीले उद्घाटन गरेका हुन् 

होटेल एक वर्षअघि सञ्चालमा आए पनि औपचारिक उद्घाटन भने अहिले भएको हो । एमालेले घोराहीमा आयोजना गरेको जनसभा र लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्न ओली दाङ आएको मौका पारी होटेल उद्घाटन गरिएको हो ।

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ होटेल उद्घाटन गरिएको थियो । होटेल सञ्चालक ओली राष्ट्रिय सभाकी पूर्व सदस्य हुन् । उनी हाल एमाले केन्द्रीय सदस्य छिन् ।

२०७९ को संघीय निर्वाचनमा उनी दाङ-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएकी थिइन् । निर्वाचनमा कांग्रेसका दीपक गिरीसँग पराजित भएकी थिइन् । त्यसपछि उनले तुलसीपुरमै होटेल खोलेर दाङको बसाए बढाएकी छिन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्