नेभिगेशन
सुरक्षा–अपराध

लगनखेलमा एक पुरुष मृत फेला

काठमाडौं- ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् ।

उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।

मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध