प्रकृति लम्सालको न्याय माग्दै नेविसंघले गर्यो प्रदर्शन
काठमाडौँ- ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजले प्रदर्शन गरेको छ ।
मंगलबार बिहानको प्रदर्शनमा नेविसंघका विद्यार्थी नेताले प्रकृतिको न्यायको माग गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।
नेविसंघले त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीको सुरक्षाको समेत माग गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्