Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभा बैठक : शून्य समयमा बोल्न बोलाउँदा बोलिनन् सुमना

मंगलबार, फागुन ६, २०८१
samridhi jewllers

काठमाडौँ- सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बोलिनन् । 

पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलाएपछि अर्का सांसद सुहाङ नेम्बाङलाई बोल्न समय दिए ।

यसअघि सोमबार सुमनाले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोजे पनि सभामुख घिमिरेले समय दिएका थिएनन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्