Nic Ad Nic Ad
Nic Ad Nic Ad

केआईआईटीको अर्को फन्डाः पीडित नेपाली विद्यार्थीले माफी मागेर फारम भरे मात्र होस्टल बस्न पाउने

मंगलबार, फागुन ६, २०८१

काठमाडौं– भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई होस्टलमा छिराउनका लागि माफी मागेर फारम भराउने व्यवस्था मिलाएको छ।

विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिपछि होस्टेलबाट निकालिएका विद्यार्थी फर्काउन चार वटा सर्तसहितको फारम तयार पारेको छ। 

जसमा अभिभावकको नम्बरसहित दस्तखत गरे मात्र होस्टलमा बस्न पाइने व्यवस्था छ। 

विश्वविद्यालयले राखेका चार सर्तहरु यस्ता छन्। 

पहिलो, म विश्वविद्यालय र होस्टले नियम पालन गर्नेमा प्रतिबद्ध छु।

दोस्रो, अब विश्वविद्यालय र होस्टलको बसाईका क्रममा म कुनै पनि गैरअनुशासित काममा संलग्न हुनेछैन।

तेस्रो, म ढुक्का पार्छु कि अबदेखि म गैरअनुशासनको काममा संलग्न हुनेछैन।

र चौथो, म अनुरोध गर्छु कि मलाई छुट दिएर विश्वविद्यालय र होस्टलमा बस्ने वातावरण बनाइदिनुहोस्। 

जबकि नेपाली विद्यार्थीले प्रकृति लम्सालको शंकास्पद मृत्यु भएका कारण न्यायको खोजीका लागि प्रोटेस्ट गरेका थिए। यति मात्र होइन मृतक प्रकृतिले दुई पटकसम्म पनि दिएको उजुरीमा किन छानबिन गरिएन र ध्यान दिइएन भनेर प्रश्न उठाएका विद्यार्थीलाई विश्वविद्यालयले होस्टल छाड्न भनेको थियो। 

यसको कुटनीतिक तहबाट नै बिरोध भएपछि विद्यार्थीलाई फर्केर आउन अपिल गरेको केआईआईटीले यस्तो बाध्यात्मक फारम भराएर मात्र होस्टलमा प्रवेश गराउने तथा भावी दिनमा नेपाली विद्यार्थीमाथि यसप्रकारका अन्याय भए बोल्न नपाउने परिस्थिति बनाउने कोशिश गरेको पाइएको हो।
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्