नेभिगेशन
समाज विविध

प्रकृति लम्साल मृत्यु प्रकरणबारे राजदूत शर्माले गरे कलिंग इन्स्टिच्युटका संस्थापकसँग कुराकानी

भारतका लागि नेपाली राजदूत शंकर शर्माले ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तसँग पछिल्ला घटनामा केन्द्रित रहेर कुराकानी गरेका छन्। 

भारतस्थित नेपाली राजदूतावासका अनुसार राजदूत शर्माले मंगलबार दिउँसो किटका सञ्चालक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

घटनाबारे सामन्तले घटनाबारे किटद्वारा सार्वजनिक रूपमा माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको जानकारी गराएका थिए।

साथै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेका छन्। 

आइतबार साँझ रूपन्देही सिद्धार्थनगर वडा नम्बर ८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।

उनको मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटना शंकास्पद रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन गरेका थिए।

उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध