Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको सार्वजनिक ऋण २६ खर्बमाथी, चालू बर्षमै थपियो झन्डै ३ खर्ब

मंगलबार, फागुन ६, २०८१

काठमाडौं - सार्वजनिक ऋण बढेर २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कुल ऋण २६ खर्बभन्दा बढी पुगेको हो ।

samridhi jewllers

माघ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ छ भने बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।

गत असार मसान्तसम्म कुल ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सात महिनामा आन्तरिक तथा बाह्य ऋण एक खर्ब ७६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भएको हो ।

कार्यालयका अनुसार यो ऋण कुल गार्हस्थ उत्पादनको ४५.७७ प्रतिशत हो ।

चालु आर्थिक वर्षको सात महिनामा सरकारले कुल एक खर्ब ५० अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिकतर्फ एक खर्ब २७ अर्ब २४ करोड र बाह्यतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्