Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

मंगलबार, फागुन ६, २०८१

काठमाडौँ- वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।

samridhi jewllers

आफ्नै वडाका सचिव नवीन भुसालमा माथि कुटपिट गरेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए ।

गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्