Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुर्य थापा प्रवृति - अरूलाई भेडा जमात भन्न पाउँदा खुसी, आफुलाई हनुमान भन्दा रूवाबासी

मंगलबार, फागुन ६, २०८१

"एउटा भेडा जमात छ सोसल मिडियामा । त्यो विदेशमा कहाँ बसिराख्या छ । नेपालमा के भइराछ भन्ने त्यसलाई थाहा छैन । त्यसलाई म भेज ग्रुप भन्छु । रवि निर्दोष छ भनेर सर्टिफिकेट पो बाँढिराछ भेडा जमातले ।" यो माथिको भनाइ एमाले नेता तथा सांसद सुर्य थापाको हो । एउटा राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताको क्रममा उनले बोलेका कुरा हुन् ।

रवि लामिछाने जोडिएको सहकारीमा संसदीय छानविन हुनु पर्ने कांग्रेसको अडान थियो । सुर्य थापा लगायत एमाले संसदीय छानविन समिति बन्नु हुदैन मात्र भन्दैनन् थिए, रवि लामिछाने निर्दोष छन् भनेर सार्वजनिक र संसदमा बहस गर्थे । तर कांग्रेसको अडानले बजेट नै रोकिन सक्ने अवस्था बने पछि सरकार गल्यो र संसदीय छानविन समिति बन्यो । सुर्य थापा त्यो समितिका सभापति बने ।

जब सरकार फेरिएर कांग्रेस एमालेको सरकार बन्यो र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षी रह्यो, तब सुर्य थापाको बोली फेरियो । पहिले संसदीय छानविन समिति नै बकवास हो र रवि निर्दोष छ भन्ने सुर्य थापा उनले पहिले भने जस्तै रवि निर्दोष छन् भन्नेहरूलाई भन्न थाले, "एउटा भेडा जमात छ सोसल मिडियामा । त्यो विदेशमा कहाँ बसिराख्या छ । नेपालमा के भइराछ भन्ने त्यसलाई थाहा छैन । त्यसलाई म भेज ग्रुप भन्छु । रवि निर्दोष छ भनेर सर्टिफिकेट पो बाँढिराछ भेडा जमातले ।"

उनै सुर्य थापाले हिजो संसदमा रोदन गर्दै सभामुखलाई पोल लगाए, 'पत्रकारहरूले औँला सोझ्याएर मलाई हनुमान भने । पत्रकारहरूले बुम बोक्ने बित्तिकै त्यस्तो प्रश्न सोध्न पाउँछन् ? सांसदको मर्यादा हुदैन ? समाज कता गइरहेको छ ?' उनको भनाइ आयो, संसदमा आकस्मिक समय लिएर ।

एकै व्यक्तिका यी दुई फरक धारणा सुन्दा र पढ्दा जोकोहीले महसुस गर्न सक्ने कुरा हो कि सुर्य थापाले दोहोरो चरित्र बाँचेका छन् । उनी अर्कालाई पुगेसम्मको गाली गर्न सक्छन् तर त्यहि गाली घुमेर आफुसम्म आए पछि मात्र उनलाई सामाजिक चेतना र मर्यादाको हेक्का हुन्छ ।

विदेशमा नेपालीको संख्या आधा करोड भन्दा बढि छ । त्यसमा धेरैजसो बाध्यकारी श्रमका लागि देश छोड्नेहरू छन् । उनीहरूले विदेशमा पाउने अपमान होस् वा सबै ठिक हुँदाहुँदै पनि घर त्याग्नु परेको पिडा होस्, ति संवदेनाहरूले उनीहरूलाई सत्ता सञ्चालकप्रति आक्रोशित बनाउँछ । सामाजिक सञ्जालमार्फत ति आक्रोश पोख्छन् । सामाजिक सञ्जालबाट नै उनीहरू कोहीप्रति आकर्षित भएर उसमा सम्भावना देख्छन् र समर्थन गर्छन् ।

आधा करोड नेपाली नागरिकहरूको त्यो समूहलाई सुर्य थापाले भेडा जमात भनिदिन्छन् । अनि फिर्तामा हनुमान नआए अरू के आउँछ ? नागरिकको करबाट तलब सुविधा पाउने सांसदले त्यो समूहलाई कुनै पनि व्यक्ति वा समूहको समर्थन र बिरोध गरेकै कारण भेडा जमात र भेज भन्दै हिड्न पाउने कि नपाउँने ? प्रश्न सुर्य थापालाई पनि छ ।

निष्पक्ष भएर हेर्ने हो भने एउटा सांसदले समर्थन गरेकै भरमा कसैलाई भेडा भन्न हुन्न । र सांसदलाई पनि हनुमान भन्नु हुन्न । तर यो दुईतर्फी हुन्छ भन्ने सुर्य थापाहरूले पनि बुझ्नु पर्छ । अझ सांसदकारूपमा तथा नागरिकको करबाट तलब भत्ता पाउने जनप्रतिनिधीकारूपमा सुर्य थापाले आक्रोशित हुने अधिकार त्यति पाउँदैनन्, जति आमनागरिकसँग हुन्छ ।

सबै भन्दा मुख्य कुरा, आफुलाई सम्मान चाहिनेले अरूलाई पनि सम्मान दिन सिक्नु पर्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्