Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बुधबार, फागुन ७, २०८१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ । 

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ६५ पैसा तय गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३६  पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्