Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओडिसा केआईआईटी प्रकरणः प्रकृतिलाई ‘भिक्टिम’ बनाउने भाजपा नेताको छोरा भएको आरोप

भारतीय मिडियामा नेपालका प्रधानमन्त्री ओलीको चर्चा
बुधबार, फागुन ७, २०८१

काठमाडौं– भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) क्याम्पसमा बीटेक पढिरहेकी प्रकृति लम्सालको मृत्यु प्रकरणले भारतीय मिडियादेखि युट्युव कन्टेन्ट क्रिएटरको विषयबस्तु बनेको छ। 

भारतमा चलेको युट्युव च्यानल देशभक्तका अनुसार लम्साललाई मृत्युको क्षणसम्म पुग्नेगरी मानसिक यातना दिने अद्विक श्रीबास्तव उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा)का राजनीति गर्ने नेता मनोज श्रीबास्तवका छोरा हुन्। 

हाल ओडिसा राज्यको सरकार चलाइरहेको भाजपाकै आडमा क्याम्पस प्रशासनले यस प्रकरणमा अद्विक श्रीबास्तवलाई छानबिन नगरेको बरु बचाऊ गरेको आँकलन गरिएका छन्। 

यद्यपि मनोज श्रीबास्तव भनिने भाजपाका राजनीति गर्ने व्यक्तिले भने सामाजिक सञ्जालमा यस प्रकरणमा आफ्ना आफन्त कोही पनि संलग्न नरहेको प्रतिक्रिया दिएको बताइएको छ।

यता भारतीय समाचार च्यानल ‘न्यूज २४’ले भने यस प्रकरणमा भाजपाको राज्य सरकारको आलोचना बढेको जनाएको छ। प्रकृतिका निम्ति भारतीय राज्य सत्ताले न्याय नदिने तथा विद्यार्थीमाथि अत्याचार गर्दा भाजपाको ओडिसा सरकारले देखाएको रवैयामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट भएको टिप्पणी गरिएको छ। 

यस प्रकरणले नेपाल–भारत सम्बन्धमा खटपट आउन सक्ने उक्त च्यानलको टिप्पणी र विश्लेषण छ। 

यसैबीच, कृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ।

शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन्। 

shreebastab-1739811530.jpg
साँझसम्म ल्याइसक्ने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन्।

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए। उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए। युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्