Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्यहाँ पुगेपछि देउवाका लागि दिल्ली ‘दूर’ छैन, भारत जाँदै कांग्रेस सभापति

बुधबार, फागुन ७, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विहीबार भारत प्रस्थान गर्ने निधो भएको छ।

उनी केही सहयोगीका साथ उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान र औपचारिक कार्यक्रमका लागि भारत जान लागेका हुन्। 

उनी महाकुम्भव स्नान गरेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित सहभागी हुने कार्यक्रममा उपस्थित हुनेछन्। 

प्रयागराजको कार्यक्रम सकेपछि उनी नयाँ दिल्ली जाने बताइएको छ। ‘दिल्ली नजिकै हो, उहाँ जाने र राजनीतिक भेट हुने कुराकानी छ’, देउवानिकट स्रोतले क्यानडा नेपाललाई जानकारी दियो। 

नयाँ दिल्लीमा भाजपाका उच्च स्तरका नेतासँग उनको भेटको चाँजोपाँजो मिलाइएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि पनि प्रस्ताव गरिएको छ। 

सत्ता साझेदार दलका मुख्य नेताको यो भ्रमणलाई निक्कै महत्व र अर्थका साथ हेरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन नसकिरहेका बेला देउवाको भ्रमणले अर्थ राख्ने बताइन्छ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्