Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रादेशिक संरचना स्वीकारको राप्रपाका महामन्त्री राणाले ज्ञानेन्द्र शाहको वक्तव्यमा दिए ‘विष्मयाधी बोधक’

बुधबार, फागुन ७, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी भएको राप्रपाले आफू तङ्ग्रीनका लागि अन्तिम राजा ज्ञानेन्द्र शाहको प्रजातन्त्र दिवसको सन्देशप्रति सकारात्मक र आश्चर्यजनक (विष्मयाधी बोधक) टिप्पणी गरेको छ।

राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।

तर जब प्रचण्ड सरकारमा सरिक हुने चर्चित १० पुसको निर्णय लिइयो त्यसबेला दरबारसँग कुनै सरोकार राखिएको थिएन। 

निर्मल निवास उच्च स्रोतले त्यसबेला राप्रपालाई सरकारमा जानु उचित नहुने ज्ञानेन्द्रका सल्लाहकारले भनेका थिए। 

अहिले भने ज्ञानेन्द्रको सन्देशले हलचल मच्चाएपछि राप्रपा फेरि निर्मल निवास नजिक हुन खोजिरहेको बताइन्छ। 

देशलाई गंभीर संकटबाट निकाल्न सबै पार्टी, समूह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले सबैमा आग्रह पनि गरेका छन्।

‘प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ,‘ राप्रपा नेता राणाले बुधबार सामाजिक सञ्जालमा भने,‘राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुदै देशलाई गंभीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समुह र नेपालीले मिलेर अघि बढौं, यही मेरो सबैमा आग्रह छ।’

dhawal-shamasher-rana1684825601.jpg
राणाले राप्रपाको केन्द्रीय कार्य समितिले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नारा सहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरब कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको अनि यो निरन्तर रूपमा चलाइने प्रतिवद्धता पनि रहेको बताएका छन्। 

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो मन्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए।

तर स्मरणीय होस्, राप्रपाले यहि व्यवस्था स्वीकार गरेर प्रादेशिक संरचनामा समेत चुनावी सहभागीता र भागवन्डामा भाग लिएको छ भने एक पटक दरबार निषेधित गर्ने माओवादी नेतृत्वको सरकारमा उपप्रधानसहितका मन्त्रालय लिएर सरिक समेत भैसकेको थियो। 
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्