Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह

बुधबार, फागुन ७, २०८१

काठमाडौँ- भारतको उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् । 

samridhi jewllers

उनले नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै सो आग्रह गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

मृतक केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिँदै उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए ।  

 केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न उडिसाका मन्त्री मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्यसचिव मनोज आहुजाले नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरेका थिए । साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा त्यहाँका मन्त्री सूर्यवंशी सुरजसँग फोन वार्ता गरेकी छन् । 

479073786_612570848152754_7527931908403387890_n-1739976372.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्