नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय
काठमाडौँ - भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधान सभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो ।
ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
नयाँ दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ २१:३०
प्रतिक्रिया दिनुहोस्