Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो

बुधबार, फागुन ७, २०८१

काठमाडौं - भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल–भारत नाका बेलहिया हुँदै घर ल्याइएको छ । लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव ल्याइएको हो ।

samridhi jewllers

बुधबार अपराह्न ५ बजेतिर गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजेतिर ल्याइएको हो । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा उनको शव भैरहवा ल्याएको प्रकृतिकी फुपू सीता ढकालले जानकारी दिएकी छन् । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याइएको हो । सीताका अनुसार प्रकृतिको शव आज भैरहवास्थित युनिभर्सल मेडकिल कलेजमा राखिनेछ ।


प्रकृतिको शंकास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनु पर्ने बताएका थिए । गत आइतबार अपराह्न २० वर्षीया प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् । प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । श्रीवास्तवले पटक पटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ । यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित छन् भने संसदमा पनि प्रश्न उठेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्