Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिहीबार, फागुन ८, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्