नेभिगेशन
साहित्य

४५ कटेकी रोमीको २५ बर्षिय ठिटोसँगको प्रेमकथा

रोमी एक सफल व्यवसायी हुन्। उमेरले ४५ काटिसक्दा पनि उनी जवान, आत्मनिर्भर र आकर्षक देखिन्छिन्। उनका दुई सन्तान छन्, जो विदेशमा पढिरहेका छन्। 

श्रीमान्सँग सम्बन्ध टुटिसकेको धेरै भइसकेको छ, र अहिले उनी आर्थिक रूपमा पनि, भावनात्मक रूपमा पनि, स्वतन्त्र जीवन बिताइरहेकी छिन्।

तर समाजले परिभाषित गर्ने “आदर्श जीवन’’ भन्दा अलि भिन्न बाटो रोजेकी छिन् उनले। उनको सम्बन्ध यौटा २५ वर्षीय युवकसँग छ, जसलाई उनले खुलेर माया गर्छिन्। यो सम्बन्ध प्रचलित प्रेमसम्बन्धभन्दा भिन्न छ – यो सुगर ममी र सुगर ब्वाइको सम्बन्ध हो।

रोमीले उनलाई पहिलो पटक एक निजी पार्टीमा भेटेकी थिइन्। युवक आकर्षक, बोलक्कड, र उनीभन्दा निकै युवा थिए। उनीहरूबीच सुरुवाती कुराकानी रमाइलो रह्यो। युवकले खुलेरै भन्यो, “म परिपक्व महिलाहरूको साथमा रमाउन चाहन्छु।’’

रोमीले पहिला यसलाई हलुका रूपमा लिइन्। तर समय बित्दै जाँदा उनीहरूबीच गहिरो सम्बन्ध बढ्दै गयो। युवकले रोमीलाई खुसी दिन चाहन्थे, उनलाई हाँसाउन चाहन्थे, अनि उनको उपस्थितिमा रमाउन चाहन्थे। बदलेमा, रोमीले पनि युवकलाई सहयोग गरिन् – कहिले आर्थिक रूपमा, कहिले अवसरहरू सिर्जना गरेर।

समाजले सुगर ममीजस्तो सम्बन्धलाई सहज रूपमा लिँदैन। “बूढी उमेरकी महिलाले युवा पुरुषसँग प्रेम गर्नु अस्वाभाविक हो’’ भन्ने मानसिकता अझै पनि धेरैको सोचमा गढेको छ। रोमीलाई पनि यस्तो सोचको सामना गर्नुप¥यो। उनका साथीहरूले उनलाई भने, “तिमीले आफ्नो स्तरअनुसारको पुरुष खोज्नु पर्छ, यस्तो केटासँग सम्बन्ध राख्नु गलत हो।’’

तर रोमी भन्छिन्, “यदि ५० वर्षीय पुरुषले २५ वर्षकी युवतीलाई डेट गर्न सक्छ भने, किन महिलाले गर्न सक्दैनन्?’’

सुरुमा उनलाई पनि डर थियो – कतै युवकले केवल पैसा वा सुविधा पाउन मात्र त उनलाई रोजेका होइनन्? तर समय बित्दै जाँदा उनले बुझिन्, उनीहरूको सम्बन्ध केवल लेनदेनमा आधारित छैन। उनीहरू दुवै एकअर्काको साथमा रमाइरहेका छन्, अनि यही सम्बन्धको सार्थकता हो।

धेरैले सुगर ममीलाई केवल “पैसा खर्च गर्ने महिला’’ को रूपमा हेर्छन्। तर रोमीका अनुसार, यो सम्बन्ध अरू कुनै सम्बन्धभन्दा फरक छैन, बस भूमिकाहरू फरक छन्।

उनी भन्छिन्, “मैले उसलाई कहिल्यै केवल पैसाले बाँध्न खोजिनँ। उसलाई मसँग बस्न खुसी लाग्छ, म पनि उसलाई खुसी राख्न चाहन्छु।’’

युवक आफ्नो करियर बनाउन चाहन्थे, त्यसैले रोमीले उनलाई अवसरहरू दिलाउन सघाइन्। कहिले कुनै व्यवसायिक मिटिङमा उनलाई लगे, कहिले नयाँ लगानीका बारेमा सिकाइन्। बदलामा, युवकले उनलाई सधैं ऊर्जा, रमाइलोपन, र भावनात्मक समर्थन दिए।

यस किसिमको सम्बन्धमा सधैं भविष्यको ग्यारेन्टी हुँदैन। समाजले स्वीकार्ने सम्भावना कमै हुन्छ, परिवारले सहज रूपमा लिन सक्दैन, अनि उमेरको अन्तरले कहिलेकाहीँ चुनौती सिर्जना गर्छ।

रोमीलाई पनि कहिलेकाहीँ लाग्छ– के यो सम्बन्ध लामो समयसम्म टिक्न सक्छ? युवकले भविष्यमा विवाह गर्न चाहे भने के हुन्छ? यी प्रश्नहरूको उत्तर अहिले नै दिन गाह्रो छ, तर उनी भन्छिन्, ‘‘जीवनमा सबै कुरा निश्चित हुँदैनन्। अहिले म खुसी छु, ऊ पनि खुसी छ। बस्, यो क्षणलाई जिउने हो।’’

(यो औपन्यासिक कथा हो)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप साहित्य