रास्वपाद्वारा सचिवालय बैठक आह्वान
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराएका छन् ।
छलफलका विषयमा समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरू, सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको बुर्लाकोटीले जानकारी गराएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १२:३१
प्रतिक्रिया दिनुहोस्