कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द भयो, कारण ‘विशेष’ छ
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भारत भ्रमण अन्तिम समयमा रद्द भएको छ।
नेपाली कांग्रेस र देउवानिकट व्यक्तिले भ्रमण रद्दको कारण बताएका छैनन्। तर, उनको भ्रमण रद्द भएको पुष्टि गरेका छन्।
इन्डिया फाउन्डेशनको निम्तोमा उत्तर प्रदेशको प्रयागराजमा हुने सम्मेलनमा वक्ताका रुपमा देउवालाई निम्तो थियो।
भ्रमण रद्द गर्नुको विशेष कारण रहेको उच्च स्रोतले जनाएको छ।
प्रयागराजको सम्मेलनपछि नयाँ दिल्लीमा उच्च राजनीतिक भेटको समय मिलाउन भनिएको थियो।
तर, नयाँ दिल्लीको मुख्यमन्त्री चुन्ने लगायत भारतीय जनता पार्टी (भाजपा)का आन्तरिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत व्यस्त हुने भएका कारण देउवासँग भेटको समय निधो नहुँदा भ्रमण रद्द गरिएको क्यानडानेपालले पत्ता लगाएको छ।
उच्च स्रोतले भन्यो,‘पूर्वप्रधानमन्त्री तथा नेपालको सबैभन्दा ठूलो दलको नेता भारतमा जाँदा उच्च राजनीतिक भेट अनिवार्य भएको राम्रो हो तर समय मिलाउन सक्ने स्थिति नभएको जानकारी पाएपछि सभापतिको भ्रमण रद्द भयो।’