नेभिगेशन
मनोरञ्जन

फिल्म देखाउनुअघि लामो विज्ञापन देखाएपछि हललाई १ लाख २० हजार भारु जरिवाना

काठमाडौं- भारतको बैंग्लोरका एक व्यक्तिले भारतीय ठूला सिनेमा चेनहरू पीभीआर-आइनक्स (मर्जर भैसकेका हल)लाई जरिवाना तिराएका छन् ।

‘सामबहादुर’ फिल्म हेर्न गएका अभिषेक एमआरले आफ्नो २५ मिनेट समय खेर फालेको भन्दै ती मल्टिप्लेक्सविरुद्ध उपभोक्ता अदालतमा मुद्दा हालेका थिए । फिल्म चल्नुअघि लामो समय विज्ञापन देखाएर आफ्नो समय खेर फालेको भन्दै उनी अदालत पुगेका थिए ।

अदालतले हललाई १ लाख २० हजार भारु जरिवाना तिराएको छ । अभिषेक एमआरले डिसेम्बर २६, २०२३ मा विक्की कौशल स्टारर फिल्म हेरेका थिए । न्यायाधीश एम शोभा, अनिता शिवकुमार र सुमा अनिलको संयुक्त इजलासले हलविरुद्धको आदेशमा दर्शकको समयलाई सम्मान गर्न भनेको छ ।

‘नयाँ युगमा समयलाई पैसा मानिन्छ । प्रत्येकको समय धेरै मूल्यवान छ । कसैलाई अर्काको समय र पैसाबाट फाइदा उठाउने अधिकार छैन । हलले जे देखाउँछ त्यसलाई २५/३० मिनेट बसेर हेर्दा समय बर्बाद हुन्छ । अनावश्यक विज्ञापन हेर्न मानिसलाई कठिन पनि हुन्छ, बरु उनीहरूले परिवारसँग समय बिताउन सक्छन् । यसको अर्थ, मानिससँग अरु केही काम छैन भन्ने होइन’ अदालतले भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन