नेभिगेशन
मनोरञ्जन

'लाज शरणम’को प्रचारमा अदालको रोकपछि 'सक्किगोनि’को प्रसारण रोकियो

काठमाडौं – लोकप्रिय नेपाली हास्य टेलिसिरियल ‘सक्किगोनि’ को ९१औँ भाग प्रसारण रोकिएको छ।

‘लाज शरणम्’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतले दिएको आदेशलाई आत्मसाथ गर्दै ‘सक्किगोनि’ टिमले उक्त भाग प्रसारण गर्न नसकिने जनाएको छ।

सामाजिक संजाल फेसबुकमा जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले लेखेका छन् ।

सम्पुर्ण दर्शकहरुमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र "लाज शरणम्" को प्रचारप्रसारमा रोक लगाएपछि हामिले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल "सक्किगोनि" को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पुर्णमा पर्न गएको असुविधा प्रती हामी क्षमाप्रार्थी छौँ । - सक्किगोनि परिवार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन