भलिबल खेलाडी रेश्मा वैवाहिक बन्धनमा
काठमाडौं - एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् ।
काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ बर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग ) को रजत पदक जित्ने टोलीमा पनि थिइन् ।
गत वर्ष हेटौंडामा केशव स्मृति भलिबल खेल्ने क्रममा घाइते भएकी रेश्मा गत महिना पोखरा सम्पन्न पाँचौं एनसेल टाइगर कप भलिबल प्रतियोगिताबाट पुनरागमन गरेकी थिइन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१ ०६:३८
प्रतिक्रिया दिनुहोस्