Nic Ad Nic Ad
Nic Ad Nic Ad

सात महिनामा ४७ प्रतिशतले बढ्यो निर्यात

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं - मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको हो ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६.५० प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस्तै आयात व्यापार १० प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको छ । २०८०/८१ को पहिलो ६ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ ।


आयात निर्यातसँगै व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्