अन्तिमा राजा ज्ञानेन्द्रको सम्बोधनपछि शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले गरे यस्तो आह्वान
काठमाडौं– गणतन्त्रवादी नेताको मुटु नै हल्लिनेगरी अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको छेको पारेर गरेको सम्बोधन र शुभकामनापछि राजावादी संघ संगठन र पार्टी जुर्मुराएका छन्।
हिन्दूत्व र राजसंस्थाको माग गरिरहेको राप्रपाले भण्डाफोर कार्यक्रम तय गरेको छ भने जनप्रदर्शनको मिति पनि घोषणा गरिसकेको छ।
यहि क्रममा ज्ञानेन्द्रको समिपमा रहेको शिव सेना नेपालले पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले सबै आम जनतालाई ‘राजाले देखाएको आत्मबलमा साथ दिन’ भनेका छन्।
उनले भनेका छन्,‘राजसंस्थाका सदस्यहरू नेपालका विभिन्न संघ, संगठन ,पार्टी, नेपाल आर्मी, पुलिस, सशस्त्र, पत्रकार साथै सबै देशभक्त निकायहरू अन्तमा एउटै शब्दमा जोड्दा वा भन्दा हामी सबै नेपाली जनताले श्री ५ महाराजधिराज सरकारलाई साथ दिएर राजसंस्था कानुनी हिसाबले स्थापना गर्दै नेपालको स्वाभिमान फेरि एकपटक हामी सबैको पहलमा रचिनु पर्दछ।’
बस्नेत अगाडि भन्छन्,‘अन्यथा नेपालको अहिले सम्मको इतिहासमा हामी सबैभन्दा कलंकित पुस्ताको रुपमा भविष्यमा हाम्रा सन्ततिले चिन्ने छन्।’
यस्तो छ उनको पोस्ट