नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्रका तीन एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं- सशस्त्र प्रहरी बलका तीनजना वरिष्ठ उपरीक्षक(एसएसपी ) नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिले बिहीबार उनीहरूलाई डीआईजी पदका लागि सिफारिस गरेको हो। सिफारिस हुनेमा पहिलो नम्बरमा कृष्ण ढकाल,दोस्रोमा दीपेन्द्र कुँवर र तेस्रोमा विष्णु भट्ट रहेका छन् ।

कुँवर र भट्ट सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन् । ढकाल उनीहरूभन्दा अघिल्लो ब्याजी हुन्। 

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कुमार न्यौपानेका अनुसार बढुवाका लागि सिनियर हुनुपर्ने मात्रै नभएर विभिन्न मापदण्ड छुट्टाइएको बताए। 'कार्यसम्पादन मुल्याकंन, जेष्ठता, तालिम, भौगोलिक क्षेत्रमा काम गरेको लगायत अनेक रहेका छन् । सबै विषयमा उत्कृष्ट रहेकालाई बढुवा सिफारिस गरिने नियम रहेको छ ,' न्यौपाने भन्छन्,'सिनियर जुनियर भन्दा पनि बढुवा समितिले विविध पक्षमा विचार गरेर सिफारिस गरेको हुन्छ । '

प्रवक्ताका अनुसार बढुवाका लागि ८ जना एसएसपी प्रतिस्प्रधामा रहेका थिए । जसमा  प्रविन कडेल, दिग्वीजय सुवेदी, निरकृष्ण अधिकारी, मनिष थापा, कृष्णराज पाठक, दिपेन्द्र कुवर, कृष्ण ढकाल, विष्णु भट्ट रहेका थिए । सशस्त्र प्रहरीमा तीनवटा डीआईजी पद ६ महिनादेखि रिक्त रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ