Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधव नेपालको पार्टीको १३ बुँदे आचारसंहिता ७ नम्बरमा गरियो ‘बिबाहेत्तर सम्बन्ध’को चर्चा

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकमा १३ बुँदे आचारसंहित पत्र बाँडिएको छ।

samridhi jewllers

शुक्रबार भएको बैठकमा बाँडिएको आचारसंहितमा कम्युनिस्ट पार्टीको सिद्धान्त, संगठन विस्तारका कुरा तथा सामूहिक निर्णयलगायतका विषयमा उल्लेख गरिएको छ। 

योसँगै नेता कार्यकर्तालाई अनुशासनको विषयमा बाँध्नका लागि परपुरुष या परस्    त्रीसँगको शारिरीक सम्बन्ध (बिबाहेत्तर सम्बन्ध)का विषयमा पनि उल्लेख गरिएको छ। 

माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टीको १३ बुँदे आचारसंहिताको ७ नम्बर बुँदामा भनिएको छ,‘कम्युनिस्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामूहिकतावाद स्थापित गर्नु हो। यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश जनता र श्रमजीवि बर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु हो।’

आचारसंहितको यसै बुँदामा थप भनिएको छ,‘हामीले व्यवाहारमा यहि कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौं। परपुरुष–परस्त्र िशारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारिरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ। कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन। महिलाप्रति एकनिष्ठताको व्यवाहार गर्नु पर्दछ।’
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार