Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस महामन्त्री गगन थापा भन्छन्– अन्तिम राजा ज्ञानेन्द्रको अभिव्यक्ति लोकतन्त्रको गहना

शुक्रबार, फागुन ९, २०८१

बिराटनगर– अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्तिले राजनीति नै तरङ्गीत बनिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि टिप्पणी गरेका छन्। 

बिराटनगरमा शुक्रबार उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भने,‘ज्ञानेन्द्र शाहको अभिव्यक्ति लोकतन्त्रको गहना हो। यसैका लागि त लोकतन्त्र हो।’

महामन्त्री थापाले दलहरूले राजनीतिक कर्ममा सुधार गरेर त्यसको जवाफ दिनुपर्ने बताए। 

उनले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने दाबी गरे। महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै उनले तोकिएको समयमा नै सम्पन्न हुने बताए। 

महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्थाभन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गर्नुपर्ने बताए।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्