नेभिगेशन
मनोरञ्जन

‘आरोह अमेरिका टूर – सुजन चापागाईं एण्ड द ब्याण्ड’ हाललाई स्थगित

काठमाडौं – लोकप्रिय गायक सुजन चापागाईं नेतृत्वको ‘आरोह अमेरिका टूर – सुजन चापागाईं एण्ड द ब्याण्ड’ हाललाई स्थगित भएको छ।

नेपालस्थित अमेरिकी राजदूतावासमा भिसाका लागि भएको अन्तर्वार्तामा ब्याण्डका आठ सदस्यहरूमध्ये केवल एक जनाले मात्र भिसा प्राप्त गरेपछि पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित भएका छन्।

करीब दुई वर्षदेखि तयारी भइरहेको यो संगीतिक यात्रा मार्च २०२५ बाट अमेरिकाका विभिन्न राज्यहरूमा सम्पन्न गर्ने योजना थियो। तर, भिसा प्रक्रियामा आएको अवरोधका कारण टूर हाललाई स्थगित गर्न बाध्य भएको ब्याण्डले जनाएको छ।

गायक सुजन चापागाईं ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस परिस्थितिबाट आफू दुःखी रहेको उल्लेख गरेका छन्।

उनले लामो समयदेखि नेपाली संगीतमार्फत दर्शक-श्रोताहरूलाई गुणस्तरीय सिर्जना दिन मिहिनेत गर्दै आएको र यो बाध्यता निकै पीडादायी रहेको बताए। साथै, उनले आयोजक, दर्शक तथा शुभचिन्तकहरूप्रति क्षमायाचनासहित पुनः भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन