टेलिभिजन प्रस्तोता श्री पाण्डे बुटवल लुम्बिनी एफसीको ब्राण्ड एम्बेसडर नियुक्त
काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी बुटवल लुम्बिनी फुटबल क्लबले टेलिभिजन प्रस्तोता श्री पाण्डे लाई
लुम्बिनी एफसीको ब्राण्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ ।
बुटवल लुम्बिनी फुटबल क्लबले पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
एएफसी प्रो–लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए। उनले भुटान फुटबल महासंघ तथा राष्ट्रिय टोलीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै कोचिङ, खेलाडी विकास र रणनीतिक व्यवस्थापनमा अनुभव आर्जन गरेका छन्।
बुटवल लुम्बिनीले आगामी सिजनका लागि नेपाली राष्ट्रिय टोलीका स्टार मनीष डाँगीलाई ‘मार्की प्लेयर’का रूपमा अनुबन्ध गरिसकेको छ। एरिक विष्ट, निराजन धामी र सरोज तामाङलाई निरन्तरता दिइएको छ। बुटवल लुम्बिनी फुटबल क्लबको मुख्य प्रायोजक यशोदा फूड प्रोडक्टस रहेको छ ।