Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी डलरसँगै युरो र पाउण्ड पनि बढ्यो, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

शनिबार, फागुन १०, २०८१

काठमाडौं- अघिल्लो दिनका तुलनामा शनिबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङ महँगिएको छ। यसको असर विश्वका अधिकांश मुद्रामा परेको छ।

यसअघि सामान्यतः अमेरिकी डलर र युरोसँगै पाउण्डको विनिमय एकैपटक बढ्ने कर्म निकै कम देखिएको थियो। यसपटक अमेरिकी डलरसँगै युरो र पाउण्ड पनि बढ्दा संसारका सबैजसो मुद्राको विनिमय दर उच्च भएको छ। यसले नेपाली मुद्रामा चाप पारेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ४५ पैसा र बिक्री दर १३९ रुपैयाँ ५ पैसा भएको छ, शुक्रबार खरिद दर १३८ रुपैयाँ ३६ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा थियो।

युरोपियन युरो खरिद दर १४४.९५ र बिक्री दर १४५.५८ रुपैयाँ भएको छ। शुक्रबार खरिद दर १४४.४४ र बिक्री दर १४५.०७ थियो। यस्तै खरिद दर १७४.४७ र बिक्री दर १७५.२३ रहेको पाउण्ड स्टर्लिङ पनि बढेर खरिद दर १७५.१५ र बिक्री दर १७५.९१ रुपैयाँ भएको छ।

स्वीस फ्रयांक बढेर खरिद दर १५४.०७ र बिक्री दर १५४.७४ रुपैयाँ भएको छ। अष्ट्रेलियन डलरको खरिद दर ८८.४७ र बिक्री दर ८८.८५ रुपैयाँ भएको छ। क्यानेडियन डलर खरिद दर ९७.५५ र बिक्री दर ९७.९७ रुपैयाँ पुगेको छ।

२ पैसाको बढोत्तरीसँगै चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ९ पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा भएको छ।

जापानी येन, सिंगापुर डलर, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, दक्षिण कोरियाली वोन, डेनिश क्रिनर, स्वीडिश क्रोनर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियाल पनि बढेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्