Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तिम राजा ज्ञानेन्द्रले दिएको वक्तव्यको भयानक तरङ्गः त्यो बेला आउँदा के हुन सक्थ्यो?

शनिबार, फागुन १०, २०८१

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका दिन दिएको वक्तव्यले राजनीतिमा एउटा नयाँ कम्पन सुरु गरेको छ। सबैभन्दा बढी तर्सिएका छन्, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई। जसले राजा जुन रुपमा राख्दा पनि हुन सक्ने बताइसकेका थिए। 

नेपालमा राजसंस्थाको बिरोध खासगरी कम्युनिस्ट पार्टीले गरेका छन्। राजालाई राख्न सकिने बताएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले निक्कै उल्टो बोल्छन्। 

एमाले महासचिव रहीसकेका मदन भण्डारीसमेतले राजालाई राख्न सकिने तर्क गरेका थिए। तर, उनले त्यसका केही सीमा रहन सक्ने पनि गतिलो तर्क नगरेका होइनन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त सांस्कृतिक राजा राख्न सकिने बताइसकेका थिए। 

यसबेला राजाले दिएको वक्तव्य महत्वपूर्ण त छ नै तर यो कहिले आउनु पर्ने थियो? यसको तर्क पुछारमा हुनेछ। 

त्यसअघि अन्तिम राजा ज्ञानेन्द्रले के गल्ती गरेका थिए? त्यसबारे पहिला चर्चा गरौं। 

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफ्ना शासनकालमा गरेका केही प्रमुख राजनीतिक गल्तीहरू नै उनको पतनको प्रमुख कारण बने। २००१ मा दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले नेपालमा पुनः राजतन्त्रको पुनरुत्थान गर्ने प्रयास गरे, तर तिनै प्रयास उनका लागि आत्मघाती सावित भए।

राजा ज्ञानेन्द्रले २००५ (वि.सं. २०६१ माघ १९) मा निर्वाचित सरकारलाई विघटन गरी प्रत्यक्ष शासन ग्रहण गरे। उनले शेरबहादुर देउवाको सरकारलाई असक्षम ठहर गर्दै सबै कार्यकारी अधिकार आफूमा केन्द्रित गरे। यो कदमले प्रजातान्त्रिक शक्तिहरू, नागरिक समाज, तथा अन्तर्राष्ट्रिय समुदायलाई रुष्ट बनायो।

ज्ञानेन्द्रले राजनीतिक दलहरूसँग संवाद बढाउने साटो उनीहरूसँग टकरावको नीति अपनाए। उनले दलहरूलाई भ्रष्टाचार तथा अकर्मण्यताको आरोप लगाउँदै आफूलाई देशको एक मात्र “उद्धारकर्ता“ को रूपमा प्रस्तुत गरे। यसले प्रजातान्त्रिक शक्तिहरू र नागरिकहरूलाई राजतन्त्रविरोधी आन्दोलनमा उत्रिन प्रेरित गर्यो।

उनको शासनकालमा भारत, अमेरिका, युरोपियन संघलगायतका शक्तिशाली देशहरूले नेपालमा प्रजातन्त्रको माग गर्दै राजाको प्रत्यक्ष शासनको विरोध गरे। तर, ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुधार्ने प्रयास गरेनन्, जसले नेपाललाई कूटनीतिक रूपमा एक्लो बनायो।

ज्ञानेन्द्रले माओवादी विद्रोहीहरूलाई केवल बल प्रयोग गरेर दबाउने नीति अपनाए। उनले माओवादीसँग वार्ता गर्नुभन्दा सेनालाई प्रयोग गरेर उनीहरूलाई निष्क्रिय पार्ने रणनीति लिएका थिए। तर, माओवादीलाई सैनिक रूपमा परास्त गर्न नसक्दा उनी झन् शक्तिशाली बन्दै गए।

ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालमा प्रेस स्वतन्त्रता, मानवअधिकार तथा नागरिक स्वतन्त्रतामाथि कडा प्रतिबन्ध लगाए। सञ्चारमाध्यममाथि कडाइ, मानवअधिकार कार्यकर्ताहरूको गिरफ्तारी, राजनीतिक दलका नेताहरूको नजरबन्दजस्ता कदमले जनताको असन्तोष बढायो।

लोकप्रिय मागहरूलाई बेवास्ता गर्दै राजा ज्ञानेन्द्रले शाही शासनलाई सुदृढ गर्न खोजे। उनको “निर्विकल्प राजतन्त्र“ को धारणा जनताले अस्वीकार गरे। उनले सेना, प्रशासन र न्यायपालिका आफ्ना हितमा प्रयोग गर्न खोजे, जसले प्रजातान्त्रिक शक्तिहरूलाई थप आक्रोशित बनायो।

२०६२–६३ को जनआन्दोलनलाई उनले बल प्रयोग गरेर दबाउने प्रयास गरे। तर, आन्दोलन झन् व्यापक बन्दै गयो र अन्ततः उनले सत्ताबाट पछि हट्न बाध्य हुनुप¥यो। जनताको विरोध चर्किंदै जाँदा पनि उनले सहमतिको उपाय खोज्नुको साटो सैन्य दमनको बाटो अपनाए, जसले अन्ततः उनको पतन निश्चित गर्यो।

गणतन्त्र घोषणाअघिसम्म उनी रहने सम्भावना थियो। किनभने बिराटनगर पुगेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेबी किङ रहने सक्ने अभिव्यक्ति दिएका थिए। 

भलै नयाँ संविधान बन्नुअघि गिरिजाप्रसादको देहान्त भयो। 

अहिले चर्चामा रहेको वक्तव्यको समय भने ०७२ सालको संविधान घोषणापूर्व आएको भए त्यो सान्दर्भिक समय रहन सक्थ्यो। त्यसबेला राजसंस्था मान्ने पार्टी राप्रपा नेपाल सरकारमा मात्र थिएन, सदनमा २५ सिटसहित थियो। 

समानुपातिक रुपमा राप्रपा नेपालले ल्याएको मतले राजाको सान्दर्भिकतालाई मान्थ्यो। यति मात्र होइन यो संविधान भारतले रोक्न खोजेको थियो। यहि बेला नरेन्द्र मोदी (कट्टर हिन्दून्थी) दल पहिलो पटक भारतमा भारी बहुमतले सरकार बनाउन सफल रहेको थियो। 

संविधान रोकिएको भए, राजाको स्पेश रहन सक्थ्यो। तर, त्यसबेला अहिलेको जस्तो बलियो सम्बोधन आउन सकेन। यसकारण राजसंस्थाको सान्दर्भिकता अब छ कि छैन भन्न सक्ने अवस्था वा समयबारे यकिन गर्न सकिन्न। तर, तरङ्ग र झन्कारचाहिँ बलियो छ।
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्