Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘धरान रन’ को उपाधि केन्याली धावकलाई

शनिबार, फागुन १०, २०८१

सुनसरी- केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’ को उपाधि चुमेका छन् ।

आज यहाँ सम्पन्न १३औं धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।

धावकद्वयलाई नगद रु.६० हजार पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् ।

उनीहरूलाई पनि समान नगद रु.४० हजार पुरस्कार प्रदान गरिएको छ। धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद रु.३० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्