अन्तिम राजालक्षित प्रचण्डको टिप्पणी- इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु फेरि सल्बलाए
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको दाबी गरे। उनले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताए।
उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्ना देख्ने गरेको बताए।
उनले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोशिस गरिरहेको बताए।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्