कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल
कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् ।
शनिबार आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर–४ सुर्खेतको १५औँ स्थापना दिवस समारोहमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा राखे ।
कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कुलले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गरे। उनले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिँदो रहेछ भन्ने शिक्षा स्कुलले दिएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्न सक्ने समेत बताए।