Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

आइतबार, फागुन ११, २०८१

काठमाडौ - नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडी छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपराहन्न १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिएपनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् ।

प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने तालिका रहेको छ । 
 
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार