Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वराजालाई कांग्रेस सांसदको चुनाैती- हिम्मत भए ०८४ मा चुनाव लड्न आउनुस्

आइतबार, फागुन ११, २०८१

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए २०८४ को आमनिर्वाचन लड्न आउन चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले यस्तो चुनौती दिएकी हुन्। 

बैठकको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले प्रजातन्त्र दिवसमा पूर्वराजाले दिएका अभिव्यक्ति र त्यसपछि पक्ष र विपक्षमा भएको बहसलाई लिएर यस्तो बताएकी हुन् । 

यस्तो छ पूर्वराजालाई सांसद न्यौपनेको चुनौती  ः–

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले व्यक्त गरेको विचारलाई लिएर तरंग त सृजना भयो नै । यसको पक्ष विक्षमा मतहरू छताछुल्ल भए । यो व्यवस्था बेठिक हो भनेर ठूलो डंका पिटेको दृश्य देख्न पाइयो । जसले या ेवस्था ल्याउने कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा भने उठाए । 

तर विडम्बना तीनैले यहाँ संविधानकै भावनाविरीत यो व्यवस्थाकै विपरीत गतिविधि गरिरहेको देख्दा २०६२÷०६३ को जनआन्दोल र गणतन्त्रका लागि मर्न तयार जनतालाई सम्झिरहेको छु। लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ । तर समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई हुँदैन ।

...कुनै बहानामा गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । लोकतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी छ । 

...सत्तामा फर्कने चाहना छ भने टिका लगएर वा कसैको कृपाले होइन, नगारिकले पाउने अधिकार र सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचना भाग लिने हिम्मत गर्नुस् । होइन भने कहिल्यै पुरा नहुने, झर्ला र खाउँला भन्ने सोचाइ त्यगिदिनुस्।    

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्