Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहमति हुन्छ भने मात्र केबलकार बनाउ, सरकारले पाथीभरामा अभिभाकत्व लिएको छैन : तोसिमा कार्की

आइतबार, फागुन ११, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राखेकी हुन् ।

‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु– त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्’ कार्कीले भनिन् ।

बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा उनको जोड छ । ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्ने ?’ कार्कीले भनिन् ।

यसअघि स्थानीयसँग भएको सहमति समेत कार्यान्वयन नभएको र सहमति कार्यान्वयन नभएपछि सरकारसँग नागरिकको विश्वास डगमगाएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्