Nic Ad Nic Ad
Nic Ad Nic Ad

उर्जामन्त्री दीपक खड्काको दादागिरीः दुधकोशी परियोजनाका सीईओ हटाउन कुलमानलाई गोप्य निर्देशन (पत्रसहित)

आइतबार, फागुन ११, २०८१

काठमाडौं– आफूविरुद्ध मिडियामा समाचार दिएको भनेर उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिककरणका आयोजनाका अधिकारीमाथि दादागिरी शैलीमा निर्देशन दिएको रहस्योदघाटन भएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गोप्य पत्र लेख्न लगाउँदै सचिव स्तरीय निर्णय गरी दूधकोशी जलविद्युत परियोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई पदबाट हटाउने निर्णय गरिएको तर कार्यान्वयनमा नआएको भनी पत्राचार गरिएको छ। 

पत्र यस्तो छ

patra-1740298364.jpg
फागुन ८ गते प्राधिकरणमा उर्जा मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले पत्र लेखेका छन्।

पत्रमा मन्त्रालय र मन्त्रालय सम्हालेका मन्त्रीका विषयमा सामाजिक सञ्जालमा समाचार शेयर गरेका कारण सचिवस्तरीय बैठकले कारबाही गरेको तर कार्यान्वयन नभएको भनी पत्रमा उल्लेख छ। 

गुरुङलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा जानकारी गराउनका लागि निर्देशनात्मक पत्र लेखिएको छ। 
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्