Nic Ad Nic Ad
Nic Ad Nic Ad

म गणतन्त्रको विरोधी होइन, तर राजालाई पनि स्पेश दिनुपर्छ : अध्यक्ष लिङदेन

आइतबार, फागुन ११, २०८१

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू लोकतन्त्रको विरोधी नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्। उनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘नेपालमा राजालाई स्पेश दिनुपर्छ । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो । तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याइएको होस् । त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं ।’ लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्