नेभिगेशन
राजनीति

बालेनले नेपाली इमान्दार भनेका थिए, विप्लवले ट्रम्पलाई धन्यवाद दिए

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई नेपाली इमानदार र योग्य भएको भनी च्यालेन्ज गरेको चर्चा कम छैन। 

यहाँसम्मकी कतिपयले बालेनलाई ट्रम्पले राम्रो नेता भनेको भनी एआई एनिमेशन समेत गर्न भ्याए। 

बालेनले अमेरिकामा रहेका नेपाली योग्य र दक्ष रहेको भनी अमेरिकी नेता अल्क्षी रहेको बताएका थिए। यो उनको आक्रोश नभई सत्य थियो। 
तर नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने ट्रम्पलाएै धन्यवाद दिएका छन्। 

नेतृत्वको नेकपाले नेपालमा एमसीसी स्थगित गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका हुन्।

महासचिव विप्लवले विज्ञप्ति निकाल्दै ट्रम्पको आदेशबाट स्थगन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्म प्रभाव पारेको बताएका हुन्।

एमसीसी कम्प्याक्ट सधैँको लागि खारेज गर्न माग गर्दै विप्लवले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं।’

mcc-biplab-1740301168.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति