Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी सरकारी कर्मचारीलाई मस्कले मागे कामको विवरण

आइतबार, फागुन ११, २०८१

काठमाडौं- अमेरिकी सरकारी कर्मचारीहरूमा हालसालै एक इमेल गएको छ । इमेलमा सरकारी कर्मचारीहरूलाई आफूले गरेका प्रगतिहरूको फेहरिस्त देखाउन र त्यसो गर्न नसकेमा राजीनामा दिन भनिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नाजायज सरकारी खर्च कटौती गर्नलाई बनाएको डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज)का प्रमुख एलन मस्क नेतृत्वमा उक्त इमेल गएको हो ।

अमेरिकी मिडिया सीबीएसन्यूजका अनुसार मस्कले नेतृत्व गरेको इमेलको उत्तर कर्मचारीहरूले सोमबार मध्यरातसम्म दिनुपर्ने छ ।

नदिएको खण्डमा वा आफूले गरेका प्रगतिहरू देखाउन नसकेको खण्डमा राजीनामा मानिने इमेलमा भनिएको छ ।मस्कले पठाएको इमेलमा भनिएको छ, ‘तपाईँले पछिल्लो हप्तामा के गर्नुभयो ?’ मस्कले आफ्नै स्वामित्वका सामाजिक संजाल एक्समा पोस्ट गर्दै उत्तरहरू बुलेटमा लेखेर दिन सकिने र त्यत्ति गर्नलाई पाँच मिनेट मात्रै लाग्ने उल्लेख गरेका छन् ।

मस्कले राष्ट्रपति ट्रम्पकै लाइनमा आफूले इमेल पठाएको सार्वजनिक रूपमा बताइसकेका छन् । शनिवार ट्रम्पले एक सभामा आफूले कर्मचारीतन्त्रमा उत्कृष्ट कर्मचारी राख्ने र निकृष्टलाई हटाउने बताएको सीबीएसन्यूजले उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्