नेभिगेशन
राजनीति

अन्तिम राजालाई ज्ञानेन्द्रलाई बामदेवको सल्लाहः राजा बन्ने सपना त्याग्नुस्, ०८४ मा प्रधानमन्त्री बन्नुस्

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री बन्न सल्लाह दिएका छन्। 

गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजासुझाव दिएका हुन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ’ भन्नु उचित नहुने बताए।

पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन उनले सुझाव दिए।

प्रजातन्त्र दिवसका दिन ज्ञानेन्द्रले दिएको वक्तव्यबाजीले राजनीतिक दलका नेता अहिले तिलमिलाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति