Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य

आइतबार, फागुन ११, २०८१

 

काठमाडौँ । पाकिस्तानले भारतलाई २४२ रनको लक्ष्य दिएको छ ।

जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९.४ ओभरमा अल आउट हदै २४१ रन बनाएको हो ।

पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए । त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ विकेट लिएका थिए । त्यसैगरी अक्सर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्