Nic Ad Nic Ad
Nic Ad Nic Ad

२/२ को बराबरी खेल्दै नेपाल र म्यानमारले अंक बाँडे

आइतबार, फागुन ११, २०८१

काठमाडौं - अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले  २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चारै गोल पहिलो हाफमा भयो । नेपालको लागि सावित्रा भण्डारी र सविता रानामगरले गोल गरे । म्यानमार शीर्ष र नेपाल दोस्रो रहे । बुधबार हुने फाइनल खेलमा नेपाल र म्यानमार नै भिड्नेछन्। 

यसअघि नेपालले किर्गिस्तान र लेबनानबिरुद्द समान १-० को जित दर्ता गरेको थियो । यता म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले पराजित गरेको हो ।

नेपाल र म्यानमारबीच यो  पाँचौं भेट हो । यसअघि नेपालले तीन हार  बेहोर्दा  एक बराबरीको नतिजा निस्केको थियो । 

फिफाको महिला फुट्बल  रेङकिङमा म्यानमार बिश्वको ५५ नम्बरमा रहेको छ भने नेपाल १०३ नम्बरमा रहेको छ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्