Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘फेरि रेशम फिलिली’का लागि सुपुष्पा र विनयले गरेका थिए यस्तो मेहनत

आइतबार, फागुन ११, २०८१

काठमाडौं - सिनेमा ‘फेरि रेशम फिलिली’का लागि नायिका सुपुष्पा भट्टले १० केजी वेट बढाएको बताएकी छन् । क्यारेक्टर अनुसार आफूलाई ढाल्ने क्रममा आफूले १० केजी वेट बढाएको उनले बताएकी छन् । 

यता नायक विनय श्रेष्ठले भने ५ केजी वेट घटाएका थिए । दुब्लो पातलो क्यारेक्टर बनाउनुपर्ने भएकाले आफू ५ केजी वेट घटाएको उनले बताएका छन् । यस्तै उनले यही सिनेमाका लागि  उनले कपाल सेतो बताएका थिए । 

‘एक दशकपछि मैले रेशम फिलिलीको रेशमको क्यारेक्टर गर्नु पर्ने थियो । त्यो नै मेरा लागि आफैँमा चुनौतीपूर्ण थियो,’ उनले भने, ‘तर पनि मैले यो चुनौती लिएँ । पुरानै क्यारेक्टर गरेँ । त्यसैले ५ केजी दुब्लाएको हुँ ।’ 

सुपुष्पाले भने आइरहेका नेपाली सिनेमाको भन्दा बिल्कुल फरक कथा रहेको उनले बताएकी छन् । अलिअलि मिल्नु सामान्य रहे पनि यो सिनेमाको कथा भने विल्कुल फरक रहेको उनको दाबी छ । कथा मन परेकैले साइन गरेको उनको भनाइ छ । 

कमेडीको फरक स्वाद बोकेर २०७२ सालमा आएको ‘रेशम फिलिली’को सिक्वेलका रुपमा बनेको सिनेमा हो ‘फेरि रेशम फिलिली’ । 

निरोज महर्जनले सिनेमा विषय र प्रस्तुति दुवैका हिसाबले निकै राम्रो बनेको बताएका छन् । पुरानो ब्रान्डलाई जोगाउँदै दर्शकको मन जित्नेमा उनी ढुक्क छन् । अन्य चलचित्रबाट पनि निर्देशनका लागि अफर आइरहेका बेला आफूले ‘फेरि रेशम फिलिली’लाई नै रोजेको उनले बताए । 

‘फेरि रेशम फिलिली’कम अहिले आम नेपालीको घरघरमा रहेको अमेरिका मोहको कथा भएकाले दर्शकले कथा आफ्नै ठान्दा चलचित्र दर्शकले मन पराउनेमा निर्माणपक्ष ढुक्क छ । हरेक घरको कथा सिनेमाले उठान गरेकाले यसलाई दर्शकले मन पराउने र त्यसमा कमेडस्ी मिक्स भएकाले सिनेमा हिट हुनेमा निर्माणपक्ष विश्वस्त छ । 

‘फेरि रेशम फिलिली’ फागुन १४ गते शिवरात्रीको अवसर पारेर रिलिज हुँदैछ । सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापालगायत कलाकारको अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा छ । नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्टस र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्