Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमाथि भारतको शानदार जित, विराट कोहलीको शतक

आइतबार, फागुन ११, २०८१

काठमाडौँ - भारतले पाकिस्तानले पराजित गरेको छ । दुबईमा आइतबार समन् आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २४२ रनको लक्ष्य पछाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि विराट कोहलीले अविजित १०० रन बनाएका थिए । कोहलीको यो एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । त्यस्तै श्रेयस अय्यरले ५६ र कप्तान रोहित शर्माले ४६ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९.४ ओभरमा अल आउट हुदै २४१ रन बनाएको थियो ।

पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए । त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ विकेट लिएका थिए । त्यसैगरी अक्सर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यो जितपछि भारत समुह ए मा २ जितपछि सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ भने पाकिस्तानले लगातार २ खेलमा हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानले अब बंगलादेशसँग एक खेल खेल्ने छ ।

सोमबार बंगलादेशविरुद्धको खेल न्यूजील्याण्डले जितेमा पाकिस्तान बाहिरिने छ भने न्यूजील्याण्ड र भारत समुह ए बाट सेमिफाइनलमा पुग्ने छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्