Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई संसदीय समितिको बैठक बस्दै

सोमबार, फागुन १२, २०८१

काठमाडौँ - संघीय संसद् अन्तर्गत सोमबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।

त्यस्तै, पौने १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफल हुने सचिवालयले जनाइएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्