Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः डीआईजी नेतृत्वमा छानबिन समिति, प्रेम सम्बन्ध हुनसक्छ कारण

सोमबार, फागुन १२, २०८१

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला परेकी इन्स्पेक्टर सन्तोषी महत प्रकरण छानबिनका लागि नायव महानिरिक्ष (डीआईजी) लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

samridhi jewllers

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

डीआईजी सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको मुख्यालयले जनाएको छ।

इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन्। इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

सिपाहीमा भर्ना भएकी उनी असई हुँदै यसै बर्ष इन्स्पेक्टरमा नाम निकाल्न सफल भएकी थिइन्। 

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो। यसैकारण महतले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। छानबिन समितिले यस कोणबाट पनि अनुसन्धान गर्ने बताइएको छ। 
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार