Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीको नाम ‘सशस्त्र सुरक्षा बल, नेपाल’ राख्न सुझाव

सोमबार, फागुन १२, २०८१

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरीको नाम ‘सशस्त्र सुरक्षा बल, नेपाल’ राख्न उपयुक्त हुने बताएका छन् ।

 

सशस्त्र प्रहरी अर्धसैनिक बलको चरित्रमा रहेकोले यसको नाममा प्रहरी झुन्ड्याउनु उपयुक्त नभएको उनको तर्क छ । 

 

सोमबार प्रतिनिधिसभा बैठकमा सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै भट्टराईले सशस्त्र बल राख्दा भावना ठीक ढंगले प्रतिनिधित्व हुने बताएका हुन् ।

‘सशस्त्र प्रहरी अर्धसैनिक बलको चरित्रमा छ, यसको नाममा प्रहरी भन्ने शब्द राख्न मिल्दैन, यसलाई अर्थ सैनिक भन्छौं भने सशस्त्र सुरक्षा बल नेपाल राख्नु उपयुक्त हुन्छ । प्रहरीभन्दा अहिले सामुदायिक प्रहरी, अपराध अनुसन्धानको रूपमा काम गरिरहेको प्रहरी नै बुझिन्छ,’ भट्टराईले भने ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्